User:Politesa

From Wikimedia Commons, the free media repository
Jump to navigation Jump to search

Cite error: Invalid <ref> tag; refs with no name must have content==दशरथ आचार्य ==

दशरथ आचार्य

कास्की जिल्ला, पोखरा महानगर‌पालिका वडा नं ११ (साविक काहूँ गा.वि.स. वडा न. ८) निवासी स्व. पिता हुमनाथ आचार्य र स्व. माता धनमाया आचार्यका ८ सन्तान (७ छोरी र १ छोरा) मध्ये छैटौं सन्तानका रूपमा मिति २०१५ साल पौष ३० गते जन्मनुभएका दशरथ आचार्यको यहि मिति २०७९ भाद्र २० गते राती ११:५३ वजे मस्तिष्क क्यान्सरका कारण असामयिक स्वर्गारोहण भएको छ।

मिति २०१५ साल पौष ३० गते साविक भलाम गा.वि. स. वडा न. ३, रयालेचौरमा जन्मनु भएका स्व. दशरथ आचार्य, आफ्नो वुवा-आमा सङै ३ वर्षको उमेरमा बसाइ सरि साविक काहु-८, नियासमा आउनुभएको थियो। वुवा, आमा र दिदी- वहिनिहरुको अपार माया सङ्गै हुर्कनु भएका उहाँको सानै देखि नै अध्ययनमा निकै रुचि रहेको थियो। उहाँले महेन्द्र मा.वि. भलामबाट प्रवेशीका परीक्षा(एस एल सी उत्तीर्ण गर्नुभएको थियो। पारिवारिक आर्थिक व्यवस्थापनका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भए लगत्तै उहाँ शिक्षण पेशामा होमिनुभएको थियो। लगातार रूपमा अध्ययन गर्ने वातावरण नपाएपनी अध्ययन प्रतिको तीव्र लगावका कारण दशकौ वर्षको अन्तरालमा भएपनि स्नातक र स्नातकोत्तर उपाधी प्राप्त गर्न सफल हुनुभएको थियो।

केही समय कास्की जिल्ला स्थित नल्कु प्रावि पार्चे/सिक्लेसमा शिक्षण गरेपश्चात वि.स. २०३९ सालमा यहीँ काहुडाडामा रहेको कालिका माध्यमिक विद्यालयमा सरुवा हुनुभएको थियो। राष्ट्रसेवालाई निरन्तरता दिने क्रममा मिति २०४५-०४-०१ मा नेपाल सरकारबाट स्थायी शिक्षकको रूपमा नियुक्ति लिनुभएको थियो। स्थायी भएको छोटो समयमै उक्त विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएका उहाँले आफ्नै कार्यकालमा कालिका प्राथमिक विद्यालयलाई निमावी बनाउदै आफ्नै पहल र सक्रियतामा वि.स. २०५४ सालमा सोही विद्यालयलाई निम्नमाध्यामिक बाट हालको कालिका माध्यमिक विद्यालयको रुपमा स्थापित गर्न उलेख्य भूमिका खेल्नुभएको थियो। २१ वर्षसम्म उक्त कालिका मावि, काहुको प्रधानाध्यापक तथा अध्यापकको रुपमा रहनुभएका उहाँको शिक्षण पेशामा पदोन्नति हुदै २०६० सालमा तनहुँ जिल्ला, आबुखैरनी स्थित रामशाह मा.वि. मा हाजिरी हुदै शिक्षण सेवालाई निरन्तरता दिनुभएको थियो। उहाँले करिव १४ वर्षसम्म त्यस विद्यालयमा शिक्षक तथा सहायक प्रधानाध्यापकको जिम्मेवारी समेत सफलता पूर्वक वहन गर्नुभएको थियो। 

आन्तरिक लिखित परीक्षाबाट माध्यमिक द्वितीय श्रेणीमा बढुवा हुनुभएका उहाँले सोही तह र श्रेणीबाटै वि. स. २०७४ सालमा सेवा निवृत्त हुनुभएको थियो। सेवा निवृत्त पश्चात आफ्नो ज्ञान, सिप र क्षमता समाजमा लगाउन दत्तचित्त रहदा रहदै उहाँको स्वर्गारोहण भएको थियो । निवृत्त जीवनलाई समाज सेवामा समर्पित गर्ने क्रममा मिति २०७८/०९/१८ गते आफ्नै पहलमा माध्यामिक तह सम्म संचालन गर्न सफल श्री कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पद भार ग्रहण गर्नुभएको थियो। विद्यालयको विकासमा तन-मन,धन अर्पण गर्ने क्रममा उक्त विद्यालयमा महायज्ञ हुँदाका बखत परिवारको तर्फबाट रु. ५६०००/- आर्थिक सहयोग समेत प्रदान गर्नुभएको थियो।

 देशको प्राकृतिक श्रोतको सबैभन्दा प्रभावकारी संरक्षण र सम्बर्द्धन  समुदायद्वारा नै हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै पहिलोपटक काहु क्षेत्रमा रहेको सरकारी वनलाई समुदायमा हस्तान्तरण लिने "थाम कुसुण्डे सामुदायिक बन"को विधान बनाउन कार्यसमितिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने शिक्षण सेवाबाट निवृत्त भएपश्चात साविक सोही वन समुहको अध्यक्ष पदमा रहदा रहदै उहाँको दु:खद निधन भएको थियो। त्यसैगरी विभिन्न सामाजिक समूहको स्थापना सङ्गै सक्रियता जनाउने क्रममा काहू-८ मा जागृती आमा समूहको दर्ता र विधान निर्माणका साथै जनकल्याण युवा क्लबको आजीवन सदस्यको रुपमा रहेर समेत आवश्यक सहयोग पुर्याउनुभएको थियो। 

शिक्षण पेशामा रहदा पटकपटक विद्यालयस्तरमा गठन हुने नेपाल जुनियर रेडक्रस सर्कलको देशभरकै उत्कृष्ट शिक्षक नायकको रुपमा छवि बनाइसक्नुभएका, ने. रे. सो. को आजिवन सदस्य, उहाँले शिक्षण पेशाबाट निवृत्त भएसङ्गै नेपाल रेडक्रस सोसाइटी पोखरा-११ को उपसाखा गठन सङ्गै २०७५ सालमा सोही उपशाखाको सभापतीको भूमिकामा हालसम्म निरन्तर रहिरहनुभएको थियो।

 काहूँ भेगमा खानेपानीको समानुपातिक वितरणको प्रबन्ध मिलाउन क्रियाशील रहनुभएका उहाँ काहुँ खानेपानी तथा सरसफाई उपभोक्ता समितीको कोषाध्यक्षको पदमा वहाल रहदा रहदै स्वर्गारोहण हुन पुग्नु भयो। ग्रामीण समुदायको आर्थिक विकासमा अग्रणी  संस्था, हालको काहूकोट बहुउद्देश्यीय  सहकारीको स्थापनाकालको सचिवको रूपमा  रही काहू डाडामा सहकारी संस्था स्थापना गर्दै सहकारीलाई आजको स्थान सम्म ल्याउन सक्नुमा उहाँको  अतुलनिय योगदान रहेको छ। आचार्य बंशावलि तयार , कुल मन्दिर निर्माणका लागि जग्गा दान, मन्दिर निर्माण  सँगै नियमित पुजाआजा लगायतमा निकै चासो राख्नुहुने उहाँको सदैव कुल प्रती उच्च आदरभाव राख्ने भावना थियो । पछिल्लो समय उहाँ कौडिण्य गोत्रीय आचार्य कुल मन्दिर समितीको कोषाध्यक्ष पदमा रहेर कुल देवताको सेवामा सरिक हुनुहुन्थ्यो ।

उहाँको अध्यापन र समाज सेवा सङ्गै गीत तथा कविता लेखनमा पनि रुचि थियो। काहु डाडाको पर्यटन प्रवर्द्धनका खातिर प्रथम काहू धरहरा महोत्सव सफल बनाउन उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो। लोप हुन लागेको सास्कृतिक बालन नृत्य(कृष्ण चरीत्र) को पुनरुत्थानका लागि साविक काहू-८ का दाजुभाइहरु सङ्ग सहकार्य गरि महोत्सवमा नृत्य नाटक प्रस्तुत गर्न उहाँले नेतृत्व गर्नुभएको थियो। पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्ने क्रममा दौड तर्फ रनिङ शील्ड जित्नुले पनि उहाँको रुचिका क्षेत्रहरूलाई उजागर गर्दछ।

उपरोक्त जिम्मेवारी सक्रियतापूर्वक बहन गर्दागर्दै देहावसान हुनुपर्दा उहाँको समग्र समाजको विकास,कालिका माविलाई नमूना विद्यालय बनाउने चाहना, रेडक्रसबाट दीन दु:खीको सेवाका साथै सहकारी मार्फत समुदायको आर्थिक अवस्थामा परिवर्तन ल्याउने सपनाहरू अझै अधुरै रहन पुगेका छन। उहाँको निधनले घर परिवार तथा समाजमा अपुरणीय क्षती पुगेको छ।

राजनैतीक सहभागीतामा राष्ट्रियता, लोकतन्त्र र समाजवादमा विश्वास गर्ने उहाँ नेपाल शिक्षक संघ आँबुखैरेनी इकाई समिति,तनहुँका संस्थापक अध्यक्ष तथा नेपाली काग्रेस काहू इकाई गठन गर्ने समय देखि निरन्तर क्रियाशील सदस्य हुनुहुन्थ्यो । समाजमा उहाँको इमान्दारिता, निष्पक्षता र निश्वार्थ सेवा भाव सहितको सामाजिक कार्यप्रतिको लगाव एउटा अमिट छापको रुपमा रहिरहने छ। समाजले उहाँको अभाव सदा महसुस गरिरहने छ। ब्रम्हलिन आत्माको चीर शान्ती र गोलोक वासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।